अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

गल्याङमा आरन सामाग्रीहरु तथा सिलाई मेसीन वितरण

 
वालिङ, १९ फागुन ।
स्याङ्जाको गल्याङ नगरपालिकाले आरनका सामाग्रीहरु तथा सिलाई मेसीन वितरण गरेको छ । आरन पेसालाई व्यवस्थित र समयसापेक्ष बनाउन गल्याङ नगरपालिकाले आरनका सामाग्रीहरु र सिलाई मेसीन वितरण गरेको हो । गल्याङ नगर कार्यपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि आरन पेशा गरिरहेका तथा सिलाई कटाइमा संलग्न २४ जना दलित परिवारका सदस्यहरुलाई आरनका सामाग्री र सिलाइ मेसीनहरु वितरण गरिएको छ ।
 
गल्याङ नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत परम्परा देखि आरन पेसा गरिरहेका दलित परिवारहरुलाई उनिहरुको आवश्यकता बमोजिम मागका आधारमा दलित वर्गको आर्थिक समृद्धि गर्ने उद्देश्यले आरनका सामाग्री र सिलाई मेसिनहरु वितरण गरिएको गल्याङ नगरपालिकाले जनाएको छ ।
 
आरन पेसा गरिरहेका व्यक्तिहरुको मागको आधारमा विधुतिय पंखा, रेति, घन, ग्रेन्डर मेसिन, सनासो, लिहि, ह्यामर, वल्डिङ मेसिन, जस्ता पाता, आरन पंखा, खुट्टे मेसिन, जुकी मेसिन लगायतका सामाग्रीहरु वितरण गरिएको छ । कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले सबैले कामको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जागिर भन्दा पनि कामलाई प्राथमिकता दिन सकेमा जीवन उज्ज्वल बनाउन सकिने बताउनुभयो ।
 
नगरप्रमुख भट्टराईले प्राप्त सामानहरुको सही उपयोग गर्न आग्रह गर्दै नगरपालिकामा हुने सीमित बजेटबाट सानो सहयोग मात्रै गर्न खोजेको बताउनुभयो । कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नामदेव खनाल, वडा नम्बर ११ का वडा अध्यक्ष दल बहादुर सिंजाली कार्यपालिका सदस्य शशी विक लगायतले बोल्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...