अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नारी दिवसमा “सामाजिक नारी आवाज” पुस्तिका विमोचन

 
रेडियो आँधीखोला
वालिङ, २४ फागुन । आज ११५ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा हिजो स्याङ्जामा विभिन्न कार्यक्रम गरी मनाईएको छ । यसैबिच सामाजिक विकास कार्यालय स्याङ्जाले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा “सामाजिक नारी आवाज” पुस्तिका विमोचन गरेको छ । स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा नेतृत्वदायि भूमिकामा रहनुभएका महिलाहरुले महिला अधिकार, लैङ्गिक हिंसा अन्त्य लगायतका विषय वस्तु समेटिएर उहाँहरुको विचार सामाजिक नारी आवाज पुस्तिकामा प्रकाशन गरिएको छ ।  
उक्त पुस्तिकामा  स्याङ्जा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरुले लेखेको “लैङ्गिक हिंसाको अन्त्य शीर्षक समेटिएको कविताहरु समेत समावेश गरिएको छ । विमोचन कार्यक्रममा पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले यस पुस्तिकामा स्याङ्जा जिल्लामा विभिन्न क्षेत्रमा नेतृत्वदायि भूमिकामा रहनुभएका महिलाहरुको सशक्त विचार र बालिकाहरुको कविता समेटिएको हुदाँ महिला अधिकार स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । पुतलीबजार नगरपालिका उपप्रमुख देवी अर्यालले महिलाहरुको अधिकार, सशक्तिकरण, लैङ्गिक हिंसा विरुद्धको सचेतना, विद्यार्थीको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नु भयो ।
सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले सामाजिक नारी आवाज पत्रिका एक सामाजिक , सांस्कृतिक र जागरुकता सम्बन्धी प्रकाशन भएको र यसले महिला अधिकार, समानता र सशक्तिकरण प्रवद्र्धनमा महत्वपूर्ण भूमिका हुने बताउनु भयो । उहाँले भन्नुभयो, “लैङ्गिक हिंसाको अन्त्य कसरी हुन्छ भन्ने विषयमा केन्द्रित रहेर महिला नेतृत्वको विचार र विद्यालयका छात्राहरुको कविता यसमा समावेश गरेको हुदाँ लैङ्गिक हिसां अन्त्यको लागि सामाजिक नारी आवाज एउटा महत्वपूर्ण पुस्तिका हुनेछ ।” 
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल, जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्याधिवक्ता श्रीकला पौडेल, जनप्रतिनिधि, महिला अधिकारकर्मी, प्रहरी तथा विभिन्न क्षेत्रका महिलाहरुको उपस्थिति रहेको थियो ।  हरेक वर्ष मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवस यस वर्ष “सबै महिला तथा बालिकाको लागि ः अधिकार, समानता र सशक्तिकरण” नाराका साथ मनाईएको हो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...