समाचार
होलीलाई मर्यादित पर्वको रुपमा मनाऔँ
वालिङ २७ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आउँदै गरेको होली पर्वलाई मर्यादित पर्वको रुपमा मनाउँन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आउँदै गरेको होली पर्वका अवसरमा जिल्लाबासीलाई शुभकामना व्यक्त गर्दै रंगहरुको पर्व होलीलाई मर्यादित रुपमा मनाउन आग्रह गरेको हो । होलीलाई प्रचलित परम्परा अनुसार सामाजिक एवं सांस्कृतिक पहिाचनका साथ मनाउन आग्रह गर्दै कसैको इच्छा विपरित कार्यहरु नगर्न नगराउन आग्रह गर्दै एक आपसमा भाईचारा र आत्मीयता अभिवृद्धि गर्दै पर्वलाई मनाउन प्रशासनले अनुरोध गरेको छ । कसैको धर्म र संस्कति तथा परम्पराप्रति ठेस नपुग्ने गरी सौहार्दपुर्ण तरिकाको साथ सार्वजानिक जीवनलाई असर नपर्ने गरी अनुशासित रुपमा मनाउन अनुरोध गरेको छ । सार्वजानिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा, हुलहुज्जतजन्य गतिविधि गरी समाजमा अशान्ति फैलाउन तथा अशोभनीय क्रियाकलापहरु नगर्न नगराउन अनुरोध गरेको छ ।