अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

हरिनासका कृषकलाई ट्याक्टर सहयोग

 
वालिङ, २ चैत ।
स्याङ्जाको हरिनास गाँउपालिकले ५० प्रतिशतमा अनुदानमा हाते ट्याक्टर सहयोग गरेको छ । पछिल्लो समय कृषि कर्मप्रति आकर्षणमा कमी हुँदै जान थालेपछि कृषिलाई आधुनिकीकरण बनाउने उद्देश्यसाथ पालिकाले १०२ वटा हाते ट्याक्टर वितरण गरेको हो । 
गाउँपालिका अध्यक्ष खिमबहादुर मानन्धरले वैदेशिक रोजगारीमा युवाहरूको आकर्षणले खेतीयोग्य जमिन बाँझो हुन थालेपछि कृषि पेसामा युवालाई आकर्षण गर्ने हेतुले पालिकाले हाते ट्याक्टर वितरण गरेको बताउनुभयो । परम्परागत कृषि प्रणाली निकै झन्झटिलो, दुःख र उत्पादनमा पनि कमि हुने गरेकाले कृषकलाई प्रविधिसँगै अगाडि लैजाने र उत्पादनमा बृद्धि गर्ने लक्ष्य पालिकाको रहेको अध्यक्ष मानन्धरले बताउनुभयो । 
पालिकाले डिजेल इन्जिनको ट्याक्टर लिने कृषकले २२ हजार ४७२ रुपियाँ र पेट्रोल इन्जिन ट्याक्टर लिने कृषकले १२ हजार ९७२ रुपियाँ पालिकामा जम्मा गरेका कृषकलाई ट्याक्टर वितरण गरेको हो ।  वडा –१ मा १९, वडा २ मा नौ, वडा ३ मा १८, वडा ४ मा २३, वडा ५ मा ११, वडा ६ मा चार र वडा ७ मा १८ वटा ट्याक्टर वितरण गरिएको छ । यहाँ २६ लाख ७५ हजार रकम विनियोजन गरेर पालिकावासीलाई ट्याक्टर सहयोग गरिएको छ ।  
ट्याक्टर चलाउन नजान्ने तथा टाढा लान असहज हुने कृषकलाई पालिकाको ट्याक्टर मार्फत घरमै लगेर सेवा दिने बताउँदै अध्यक्ष मानन्धरले पालिकावासीले सङ्घीयताको उपयोग गर्न पाउने बताउनुभयो । स्थानीय कृषक हरिबहादुर थापाले हाते ट्याक्टर पाएकोमा खुसी हुँदै अब खेत बाँझो नरहने बताउनुभयो । एक हल गोरु पाल्ने झन्झटले केही जग्गा बाँझो राखेको थापाले अब सबै जग्गा खेतीयोग्य हुने बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...