अहिले तरंगमा

केहि छिनमा

समाचार

वालिङमा कृषि उद्यमशीलता तथा आम प्रशिक्षण कार्यक्रम

 
रेडियो आँधीखोला
वालिङ, ४ चैत ।
वालिङमा कृषि उद्यमशीलता तथा आम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । साना किसान विकास लघुवित्त साखा कार्यालय पोखराको आयोजनामा आयोजित प्रशिक्षणमा स्याङ्जा जिल्लाभरीका ३३ साना किसान कृषि साखाका सञ्चालक पदाधिकारी, लेखा समिति र कर्मचारीहरुको सहभागिता रहेको थियो । ३३ साना किसान कृषि सहकारीका ३५० जनाको सहभागिता रहेको कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तिय संस्था लि तथा नेपाल कृषि केन्द्रिय संघका अध्यक्ष खेमबहादुर पाठकले प्रशिक्षण प्रदान गर्नुभएको थियो । 
कार्यक्रमको उद्दघाटन गर्दै प्रशिक्षक पाठकले साना किसान कृषि सहकारी वास्तविक किसानहरुको संस्था भएकाले साना किसान सहकारीले आफ्ना सदस्यहरुलाई कृषि उपज उत्पादनमा लाग्न प्रेरणा दिने, सहुलियत रुपमा ऋण तथा अनुदान कार्यक्रमबाट कृषकहरुलाई प्रत्यक्ष लाभान्वित गराउँदै आएको बताउनुभयो । किसानलाई आर्थिक रुपमा शसक्त बनाउने, किसानले उत्पादन गरेका उपजको बजारीकरणको लागी सहजीकरण गर्ने संस्थाको उद्देश्य रहेको भन्दै अकला नमुना साना किसान कृषि सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले स्वागत मन्तव्य राख्नुभएको थियो । 
कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का उपाध्यक्ष पूर्ण शर्मा, गण्डकी प्रदेश कृषि सहकारी संघका अध्यक्ष रामजी अधिकारीलगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहकारी क्षेत्रको वर्तमान अवस्थाका बारेमा भइरहेको गलत प्रचार प्रसार तथा भ्रम सृजना गर्ने कार्यका विरुद्ध राम्रा सहकारीले गरेका सकारात्मक कार्यहरू र योगदानलाई कदर गर्न आवश्यक रहेकोमा जोड दिईएको छ । कार्यक्रमकोे संचालन पदमराज रेग्मीले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...