अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

जातिय भेदभाव उन्मुलन सम्बन्धी अन्र्तराष्ट्रिय दिवसको पुर्व सन्ध्यामा नेतृत्व विकास तालिम

news

 
वालिङ, ७ चैत ।
जातिय भेदभाव उन्मुलन सम्बन्धी अन्र्तराष्ट्रिय दिवसको पुर्व सन्ध्यामा नेतृत्व विकास तालिम सम्पन्न भएको छ। सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना र भीरकोट नगरपालिका तथा दलित समुदायको परम्परागत कला तथा सिप विकास संस्था स्याङ्जाको समन्वयमा एकदिने दलित महिला  जनप्रतिनिधिहरुका लागी नेतृत्व विकास सम्बन्धी कार्यक्रम विहिबार बयरघारीमा सम्पन्न भएकोे हो । 
कार्यक्रमको उद्दघाटन गर्दै गण्डकी प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सांसद सिता सुन्दासले जातियताका आधारमा गरिने विभेद कानुनले वर्जित गरेको भएपनि अझै पनि यो पुर्णरुपमा हट्न नसकेको बताउनुभयो । व्यवस्था बदलिएपनि कहिँकतै अझै पनि मानसिकतामा बदलाव नआउँदा जातिय विभेदका घटनाहरु घट्ने गरेको भन्दै मानसिकतामा परिर्वतन आजको आवश्यकता रहेको पुर्व मन्त्री सुन्दासको भनाई छ । 
कार्यक्रममा घटना दर्तामा देखिएका समस्याहरु समाधानहरु, बालविवाह र त्यसका असर नागरिकता प्राप्तीमा देखिएका समस्या, समाधान, दलित महिलाका हकहितका कानुनी व्यवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले प्रशिक्षण दिनुभएको थियो भने जातिय विभेदको अवस्था कानुनी उपचार र सचेतना सम्बन्धी दहथुम प्रहरी चौकीका इन्चार्ज प्रमोद कंडेल, योजना निर्माण बजेट निर्माण प्रक्रिया दलित महिलाहरुको सवालमा वर्तमान अवस्था समाजिक न्याय र समानता सम्बन्धी  दलित समुदायको परम्परागत कला तथा सिप विकास संस्थाका अध्यक्ष लिलबहादुर रनपाल र दलित समूदाय र अन्य महिलाहरुका लागी सामाजिक विकास कार्यालयले गरेका काम र आगामी योजनाका विषयमा कार्यालयका प्रमुख जिवन पौडेलले सहजीकरण गर्नुभएको थियो । 
कार्यक्रममा भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्य, जिल्ला समन्वय समिति उपप्रमुख खड्कराज सुवेदी, अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङलगायतले बोल्नुभएको थियो ।  कार्यक्रममा स्वागत दलित वडा सदस्य तथा जिल्ला समन्वय संयोजक सविता सिंह विश्वकर्माले गर्नुभएको थियो भने सञ्चालन संस्थाका सचिव प्रविण परियारले गर्नुभएको थियो । जिल्लाका दलित महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...