अहिले तरंगमा

केहि छिनमा

समाचार

वालिङमा महिला उद्यम लक्षित चप्पल बनाउने शीपमुलक तालिम शुरु

news

 
रेडियो आँधीखोला
वालिङ, १३ चैत ।
वालिङमा एक हप्ते चप्पल बनाउने तालिम शुरु भएको छ ।  उद्योग वाणिज्य संघको आयोजना तथा वालिङ नगरपालिकाको आर्थिक सहयोगमा वालिङमा एक हप्ते चप्पल बनाउने तालिमको सुभारम्भ गरिएको हो । तालिमको शुभारम्भ गर्दै वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले यस्ता किसिमका शीपमुलक तालिम लिईसकेपछि ब्यवसायिक रुपमा अगाडि बढी विभिन्न उद्योगहरु सञ्चालन गर्न सहभागिहरुलाई आग्रह गर्नुभयो । सिपमुलक तालिमको मुल उद्देश्य भनेको आय आर्जनमा जोडिनु भएकाले वालिङमा स्थानीय उत्पादनहरुको विशेष बजार नै सञ्चालन गर्न सकिने वातावरण सृजना गरि वालिङ ब्राण्ड स्थापित गर्न सकिने बताउनुभयो । 
तालिम लिएपछि प्रमाण–पत्र लिएर त्यसै बस्न नहुने भन्दै यस क्षेत्रका महिला तथा युवाहरु यस्ता किसिमका शीप सिकेर आय आर्जन वृद्धि तथा स्थानीय उत्पादन बढाई समग्र बजार प्रबद्र्धन गरेको खण्डमा वालिङ नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य युगमाया पंगेनी, संघका पूर्व अध्यक्ष ले.यामबहादुर गुरुङ, तालिमका प्रशिक्षक इन्द्रा थापा  लगायतले मन्तव्य राख्नुभएको थियो । 
कार्यममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले हाल महिलाहरुलाई  घरबाट बाहिर निस्कन स्वतन्त्र रहेकोले त्यो स्वतन्त्रतासँगै आर्थिक स्वतन्त्रता पनि हाँसिल गर्नुपर्नेमा जोड दिनुभयो । काम सानो र ठुलो नहुँने भन्दै काम तथा सिपले मानिसलाई आत्मनिर्भर बनाउने भन्दै उद्यममा लाग्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो । उद्योग वाणिज्य संघले सिप विकास सम्बन्धी अन्य धेरै तालिमहरु सञ्चालन गर्ने र ब्यवसाय प्रबद्र्धनमा उल्लेख्य भूमिका खेल्ने उहाँको दावी छ । 
संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारीले स्वागत र सञ्चालन संघका महासचिव रमेश अर्यालले गर्नुभएको थियो । तालिममा २८ जनाको सहभागीता रहेका छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...