समाचार
१९औँ मह दिवस स्याङ्जामा पनि मनाईयो ।
वालिङ, १४ चैत ।
नेपाल मौरीपालक महासंघको आयोजनामा १९औँ राष्ट्रिय मह दिवस स्याङ्जा सदरमुकाममा मनाईएको छ । “दैनिक गरौं मह सेवन हुन्छ स्वस्थ दीर्घ जीवन“ भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रम मनाईएको हो । कार्यक्रमका अवसरमा बोल्नुहुदै कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख ईश्वरी प्रसाद अर्यालले दैनिक मह सेवनले हाम्रो शरीरलाई स्वस्थ बनाउन मदत गर्ने भएकाले मह नियमित सेवन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष पदमबहादुर अर्याल, अधिकृत सुस्मीता कुँवर, जिल्ला सदस्य वेदकुमार गुरुङ तथा कृषक केशव पौडेलले आआफ्नो भनाईहरु राख्नुभएको थियो ।
कृषि ज्ञान केन्द्र स्याङ्जा बाट शुरु भएको प्रभातफेरि सहितको मौरी कृषक र कृषि ज्ञान केन्द्रका अधिकृतहरु तथा कर्मचारीहरुको संयुक्त जुलुसले बजार परिक्रमा गरी पुनः कार्यक्रममा परिणत भएको थियो ।
महासंघका जिल्ला अध्यक्ष श्यामप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सदस्य रामचन्द्र गौतमले गर्नुभएको थियो । दिवसका अवसरमा प्रमुख जिल्ला अधिकारीज्युको कार्यकक्षमै प्रजिअज्यु बाट मह सेवनको शुरुआत गरिएको थियो ।