अहिले तरंगमा

केहि छिनमा

समाचार

हतियार सहित दुई पुरुष र लागु औषधसहित एक पुरुष पक्राउ

 
वालिङ, १८ चैत ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हतियार सहित एक पुरुषलाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–११ जाँडखोला उनियाचौर स्थित माझीडाँडा जंगलमा अबैध हतियार सहित मानिस हिडडुल गरेको भन्ने सुचना प्राप्त भएपछि प्रहरीको एक टोलीले पुतलीबजार १० भिमाटीका ४४ वर्षीय खर्कबहादुरु गुरुङ र पुतलीबजार ११ फापरथुमका ४३ वर्षीय सोम बहादुर गुरुङलाई नियन्त्रणमा लिएको हो ।  
जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी निरीक्षक प्रवेश तिवारीको कमाण्डमा  खटिएको प्रहरीले टोलीले अबैध १ नाले भरुवा बन्दुक र मृत अबस्थामा रहेको पोथी जातको रतुवा मृग सहित उहाँहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको  छ। जन प्रतिनिधिको रोहवरमा नियन्त्रणमा लिई मृत अवस्थामा रहेको पोथी जातको रतुवा मृगको शव परिक्षणको लागि डिभिजन वन कार्यालय स्याङजामा पठाईएको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
त्यस्तै प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ  । चितवन भरतपुर महानगरपालिका–२९ का २७ वर्षीय सुजन गुरुङ रहनुभएको छ । वालिङ नगरपालिका–१० फुलबारी चोक स्थित सिद्धार्थ राजमार्गमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरू चेकजांच गर्ने क्रममा बुटवलबाट पोखरा तर्फ आउँदै गरेको प्र.नं.३–०१००५ ख ९९०४ नं. को हाईसलाई चेकजांच गर्ने क्रममा साथबाट गुरुङको खैरो कलरको झोलामा लुकाई छिपाई ल्याएको नियन्त्रित ५५ क्यापसुल लागुऔषध बरामद गरिएको प्रहरी कार्यालयका डिएसपी हरिप्रसाद पौडेलले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...