अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

हामीले देशका लागि राजनीति गर्ने हो—पूर्व मन्त्री गुरुङ

 
वालिङ, २३ चैत ।
नेपाल सरकारका पूर्व मन्त्री धनराज गुरुङले देशका लागि राजनीति गनुपर्ने बताउनु भएको छ । स्याङ्जाको वालिङ १३ खानीडाँडास्थित सरस्वती माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समापन कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमन्त्री गुरुङले आफ्ना लागि नभई देश र जनताका लागि राजनीति गर्नुपर्ने बताउनु भएको हो । विकासका कामहरुमा हामीले गरेको भन्दा पनि मैले गरेको भन्ने र एक अर्कालाई देखि नसहने प्रवृत्ति त्याग्नुपर्ने पूर्वमन्त्री गुरुङले बताउनुभभो । व्यक्ति केन्द्रित भएर राजनीति गर्नु गलत भएको र यसले निरासा पैदा गराएको उहाँले उल्लेख गर्नुभयो ।
 
उहाँले भन्नुभयो,“हामीले आँफूलाई केन्द्रमा राखेर कुराकानी गर्छौं त्यही गलत भयो । जसले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अझ मजवुत भएर अगाडि बढ्नुपर्ने ठाउँमा कहिँकतै फरक विचारहरुले कौतुहलता जन्मिन थालेको छ ।” गणतन्त्रवादी दलहरु एक अर्कालाई देखि नसहने, कटाक्ष गर्नुपर्ने, विकासका कामहरुमा हामी भन्दा पनि मैले गरेको जस्ता अभिव्यक्ति दिनु गल्ती गरिरहेको भन्दै जसले गर्दा निरासा पैदा गराएको उहाँको भनाई छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा प्रतिगामीहरुले अलिकता छड्के नजर लगाउने कोशिस गरेको पूर्वमन्त्री गुरुङले बताउनुभयो ।
 
साझा सत्रु भनेको गरिवी, अशिक्षा, भ्रष्टाचार, अविकास र वेरोजगारीलाई केन्द्रमा राखेर अगाडि बढेको भए प्रतिगामीहरुले यति छिटै छड्के नजर नलगाउने भन्दै गाउँ ठाउँको विकास निर्माणको लागी सबै एउटै डुङ्गामा सवार भएको सम्झनुपर्ने बताउनुभयो । निर्वाचित जनप्रतिनिधी भैसकेपछि सबैको साझा हुनुपर्ने भन्दैै पार्टी विशेषको मात्र नभई लोकतान्त्रिक गणतन्त्रवादी सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । 
 
यही चैत्र २१ गतेबाट शुरु भएको स्र्वण महोत्सवका अवसरमा विहिबार स्र्वण स्मारक अनावरण, विद्यार्थी प्रतिभा प्रस्तुत, मनकुमारी स्मृति छात्रवृत्ति वितरण, जग्गादाता, संस्थापक, पुर्व शिक्षक, चन्दादाताहरुलाई सम्मान,निशुल्क दन्त परिक्षण, जिल्लास्तरीय अन्तर मावि हिज्जे प्रतियोगिता, वडा स्तरीय अन्तर आमा समूह लोकगित प्रतियोगिता, राष्ट्रिय कलाकार तथा विद्यार्थीहरुद्धारा विविध सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...