अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

नेकपा एकिकृत समाजवादीको विरोध सहित कोण सभा

 
वालिङ, २५ चैत ।
नेकपा एकिकृत समाजवादी पार्टी स्याङ्जाले आज विरोध सहित कोण सभा गरेको छ । एकिकृत समाजवादी स्याङ्जाले तिनकुने घटनाको विरोध गर्दै स्याङ्जा सदरमुकाम स्थित सहिद चोकमा विरोध स्वरुप कोण सभा गरेको नेकपा एकिकृत समाजवादी स्याङ्जाका सचिव श्री बहादुर गुरुङ्ले जानकारी दिनुभयो । सभामा बोल्दै नेकपा एकिकृत समाजवादीका केन्द्रिय सल्लाहकार समिति सदस्य गुमान सिंह थापाले कथाकथित राजावादीहरुले गरेको हिंसात्मक आन्दोलनले ठु्लो क्षति पुराएको बताउनुभयो । 
उहाँले सो दिनको हिंसात्मक आन्दोलन निन्दनिय भएको बताउनुभयो । नेपाली जनता गणतन्त्र, सुशासन र समाजवादको पक्षमा रहेको समेत थापाको दाबी थियो ।  नेकपा एकिकृत समाजवादी स्याङ्जाका अध्यक्ष शंकर ध्वज कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिव श्री बहादुर गुरुङ्ले गर्नुभएको थियो । सो कोण सभा लगत्तै एकिकृत समाजवादी स्याङ्जाले तीनकुने घटनाको भत्सर्ना गर्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ज्ञापनपत्र समेत बुझाएको सचिव गुरुङ्ले जानकारी दिनुभयो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...