समाचार
ब्रतबन्धको अवसरमा गुरुकुललाई खाद्यान्न
वालिङ, २७ चैत ।
स्याङ्जाको वालिङ् नगरपालिका वडा नंं. ११ बाल शिक्षा निकेतनका अध्यक्ष बिमल अर्यालले आफ्ना छोराको ब्रतबन्धको अवसरमा गुरुकुललाई खाद्यान्न प्रदान गर्नुभएको छ । अर्यालका छोरा सुशान र नारायण अर्यालको व्रतबन्धको बिशेष अबसरमा गल्याङ १ स्थित रामनदीधाम संस्कृत गुरुकुलमका लागी आलु १ बोरा, चामल १ क्विन्टल ५ किलो नुन, तेल र फलफुल लगायत अन्य जिन्सी खाद्यान्न समाग्री पनि प्रदान गर्नुभएको हो ।