अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

सामुदायिक कुकुरमा निः शुल्क बन्ध्याकरण र रेविज खोप

 
वालिङ, २७ चैत ।
स्याङ्जाको पुतलीबजार नगरपालिका भित्र रहेका सामुदायिक कुकुरहरूमा निः शुल्क बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप दिइएको छ । यहाँको वडा नं.९, कोल्मा र वडा नं. १० का राङखोलमा पुतलीबजार नगरपालिका, पशु सेवा शाखाको  आर्थिक बर्ष २०८१÷८२ को बार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत निः शुल्क बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप लगाइएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्याङ्जाको प्राविधिक सहयोगमा शिविर तथा खोप लगाइएको हो । यहाँ १४१ वटा सामुदायिक कुकुरहरूको बन्ध्याकरण शल्यक्रिया गरिएको हो भने १८९ कुकुरहरुमा रेविज रोग विरुद्धको खोप लगाइएको हो ।
यस्तै बन्ध्याकरण शिविर तथा रेविज रोग विरुद्धको खोपको क्रममा दुई वटा कुकुरको म्यामरी क्यान्सरको अप्रेसन र एक वटा कुकुरको युटेरस क्यान्सरको अप्रेसन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा रुपेश श्रेष्ठले जानकारी दिनुभयो । मानिसमा रेविज रोग ९५ प्रतिशत सामुदायिक कुकुरको टोकाईको कारणबाट हुने बताउदै श्रेष्ठले रोग न्युनिकरण गर्न बन्ध्याकरण र खोप लगाइएको बताउनुभयो । यो शिविरमा  डा. श्रेष्ठ, डा. अर्जुन अर्यालर डा. अनिल गौतमले  बन्ध्याकरण चिकित्सकको काम गर्नु भएको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चापाकोट, फेदिखोला र बिरुवामा यसअघि ३६४ कुकुरको बन्ध्याकरण र ४०१ वटा कुकुरमा रेविज खोप लगाएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...