समाचार
दोस्रो स्याङ्जा शिक्षा, सीप तथा उद्यमशीलता मेलामा उत्कृष्ठ नेतृत्व सम्मानित हुँने
रेडियो आँधीखोला
वालिङ, ३० चैत ।
स्याङ्जा थिङ ट्याङ्कको आयोजनामा यही बैशाख १ गतेदेखि दोस्रो स्याङ्जा शिक्षा, सीप तथा उद्यमशीलता मेला हुँने भएको छ । यही बैसाख १, २ र ३ गते वालिङ ८ मेनबजार स्थित वाईसेन्टरको प्राङगणमा हुने मेलाका अवसरमा उत्कृष्ठ १७ नेतृत्व सम्मानित हुने भएका छन् ।
शिक्षा, उद्यमशीलता, खेलकुद, संस्कृतिक संरक्षणका क्षेत्रमा समाजमा महत्वपुर्ण योगदान पु¥याउनुभएका ३ जना महिला १३ जना पुरुष र एक कार्यसमिति गरी १७ जना सम्मानित हुँने शनिबार वालिङमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिईएको छ । स्याङ्जा थिंक ट्यांकका संस्थापक दिनेश तिवारी दिनकरका अनुसार बैसाख १, २ र ३ गते विभिन्न कार्यक्रमहरु समावेश गरी दोस्रो स्याङ्जा शिक्षा, सीप तथा उद्यमशीलता मेलाको आयोजना गरिएको हो ।
कार्यक्रम अन्र्तगत बैशाख १ गते कार्यक्रमको उद्दघाटन, उद्यमीको जिवनयात्रा, संर्घष, उत्कृष्ट नेतृत्व सम्मान, २ गते उद्यम तथा उद्यमशीलता सम्बन्धी वक्तृत्वकला र कविता प्रतियोगिता, स्र्टाटअप पिचिङ प्रतियोगिता, बैसाख ३ गते हेड मेडमहरुको अवसर, चुनौति विषक छलफल, वित्तिय साक्षरता कार्यक्रम रहेका छन् । भने स्याङ्जाको कला, संस्कृति र परम्पराको झलक प्रस्तुत गरिनेछ । वित्तिय साक्षरता अन्र्तगत व्यक्तिगत वित्त, शेयर बजार र लगानी सम्बन्धी विषयमा छलफल हुनेछ भने प्रविधि र सीप विकास कार्यशलामा व्यक्तिगत वित्त व्यवस्थापन र डिजिटल सीपहरुका विषयमा छलफल गरिनेछ । प्रतियोगिताका विजेताले नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यहाँका विद्यार्थी तथा युवाहरुलाई उद्यम तथा सीपसंग जोड्ने उद्देश्यले गत वर्ष पनि शिक्षा सिप मेलाको आयोजना गरिएको थियो ।