अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अर्मादी आवसिय माविको नजिता प्रकाशन

 
रेडियो आँधीखोला
वालिङ, ३१ चैत ।
अर्मादी आवसिय माध्यमिक विद्यालय वालिङ १ को वार्शिष्क परिक्षाको नजिता प्रकाशन, पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै विद्यालय संचालक समितिका निर्वतमान अध्यक्ष टेकबहादुर गुरुङले विद्यालयमा गुणस्तरीय शिक्षा अभिवृद्धिको लागि प्रतिवद्ध रहेको भन्दै लामो समय आँफू समितिमा रहेर काम गरेको स्मरण गर्दै शिक्षक, अभिभावक र विद्यार्थीको एकआपसको सुमधुर सम्बन्धले पनि विद्यालयलाई थप अगाडि बढाउन सकिने बताउनुभयो । पछिल्लो समय बढ्दै गएको प्रविधिलाई अबलम्बन गर्दै व्यवहारिक तथा जिवनउपयोगी शिक्षा प्रदान गर्नुपर्नेमा उहाँको जोड थियो । 
कार्यक्रममा वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङले अर्मादी माविले शिक्षाका क्षेत्रमा विगतदेखि नै पु¥याएको योगदानको चर्चा गर्दै विद्यालयमा गुणस्तरीय शिक्षाको अभिभावक पनि उत्तिकै जिम्मेवार रहने बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरु रुबी रेग्मी, समिना गुरुङ, रोबेका गहतराज, पुर्णिमा नेपाली, दिप्ती गौतम, गुँरास गहतराजलगायतले बोलेका थिए । 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दयानाथ अर्यालले गुणस्तरीय शिक्षा कायम गर्न विद्यालयको टिम पुर्ण रुपमा लागिपरेको विद्यालयमा दक्ष शिक्षकहरुले अध्यापन गराईरहेको उल्लेख गर्नुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सहायक प्रअ आनन्दप्रसाद अर्यालले गर्नुभएको थियो भने सञ्चालन शिक्षक सुरेश पंगेनीले गर्नुभएको थियो । 
कार्यक्रममा विद्यार्थीहरुले समय सापेक्ष नाटक प्रस्तुत गरेका थिए भने गित, नृत्य, कविता समेत प्रस्तुत गरेका थिए । विद्यालयमा हाल ५०० जना विद्यार्थी अध्ययनरत छन् ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...