अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

गल्याङमा सुत्केरीलाई झोला उपहार

 
वालिङ, ६ वैशाख ।
स्याङ्जाको गल्याङ नगरपालिकाले सुत्केरी भेटघाट गरी पोसिलो झोला वितरण गरेको छ । गल्याङ नगरपालिकाले ‘उपप्रमुखसँग सुत्केरी भेटघाट तथा पोसिलो झोला वितरण कार्यक्रम’ गरेको हो ।
 
गल्याङ नगरपालिका वडा नम्बर छ पिडिखोलामा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले २२ जना सुत्केरीलाई भेटेर पोसिलो झोला वितरण गर्नुभएको छ । पोसिलो झोला अन्तर्गत सुत्केरीहरुका लागि एक क्यारेट अण्डा, हर्लिक्स, घिउ सहित सरसफाईका सामाग्रीहरु पनि उपप्रमुख न्यौपानेले वितरण गर्नुभएको छ ।
 
आफ्नै ठाउँमा आएर झोला वितरण गरेकोमा स्थानीय सुत्केरीहरु खुशी देखिएका छन् । उपप्रमुख न्यौपानेले सुत्केरीहरुको स्वास्थ्य सेवालाई ध्यान दिदै भेटघाट तथा झोला वितरण कार्यक्रम राखिएको बताउनुभयो । उहाँले सबै वडामा यो कार्यक्रमलाई निरन्तरता दिने पनि जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...