अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

पशु स्वास्थ्य तालिम अन्तर्गत भैसी तथा गाई पालन तालिम सुरु

 
वालिङ, ९ वैशाख ।
भीरकोट नगरपालिकाको वार्ड न. ६ मा वार्ड न. १,२,४,५,६, र ७ का भैँसी तथा गाई पालक कृषकहरुलाई पशु स्वास्थ्य कार्यक्रम अन्तर्गत ब्यवसाहिक रुपमा भँैसी तथा गाई  पालनलाई अगाडी बढाउने उदेश्यले भँैसी तथा गाई पालन तालिम  सुरु भएको छ । आजदेखी संचालन भएको तालिम तिन दिन सम्म चल्ने छ । कार्यक्रमको उद्घाटन गर्दै भीरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले तालिम लिएर व्यवसायीक रुपमा अगाडी बढ्नु भएका तथा व्यवसायीक बन्न चाहाने कृषकको लागी तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको थियो । साथै उहाँले आवश्यक पर्ने सबैखाले सहयोग गर्न नगर तयार रहेको पनि बताउनुभएको छ ।
कार्यक्रममा भीरकोट नगरपालिकाले भँैसी कृषकहरुलाई भैसी सुत्केरी भत्ता बापत रु ३००० रुपैयाँ दिने, भँैसी तथा गाई  पकेट कार्यकर्म संचालन गरि भैसी तथा गाईको सङ्ख्या वृद्धि गर्ने नगरपालिकाले जनाएको छ । भीरकोट वार्ड न. ६ का वडा अध्यक्ष रामकाजी खत्री छेत्रीलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीरकोट नगरपालिका पशु शाखाका कर्मचारीहरुले प्रशिक्षण दिनु भएको छ । कार्यक्रममा १६ जना ब्यवासाहिक रुपमा भँैसी तथा गाई पालन गर्ने कृषकहरुको सहभागीता रहेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...