अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

राष्ट्रिय मावि वालिङ ६ मा विद्यालय भुतपुर्व सैनिक सहयोग उपसमिति गठन

 
रेडियो आँधीखोला
वालिङ, ११ वैशाख ।
राष्ट्रिय मावि वालिङ ६ मा विद्यालय भुतपुर्व सैनिक सहयोग उपसमिति गठन गरिएको छ । विहिबार विद्यालयमा बसेको भुतपुर्व सैनिकहरुको भेलाले क्या. डिलबहादुर थापाको संयोजकत्वमा उपसमिति गठन गरेको हो । विद्यालय क्षेत्रका स्थानीय तथा विद्यालयमा विगतदेखि नै विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनका लागी महत्वपुर्ण सहयोग गर्दै आएका भुतपुर्व भारतीय सैनिकहरुको भेलाले थापाको अध्यक्षतामा उपसमिति गठन गरेको हो । 
उपसमितिको उपसंयोजकमा सु. नरबहादुर थापा, सचिवमा ह. चेतबहादुर थापा, सहसचिवमा क्या. पदमबहादुर थापा, कोषाध्यक्षमा सु. बेमबहादुर गुरुङ रहनुभएको छ भने सदस्यहरुमा ह. चन्द्रबहादुर गुरुङ, सु. प्रेमबहादुर थापा, ह. ओपबहादुर थापा, भरत थापा र ह. राजेन्द्रप्रसाद अर्याल रहनुभएको छ । 
त्यस्तै सल्लाहकारहरुमा लोकनाथ अर्याल, हरिबहादुर थापा र पुर्णबहादुर थापा रहनुभएको छ । कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष श्यामकृष्ण श्रेष्ठले विगतका समयदेखि नै सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक क्षेत्रको वृत्तिविकासका लागी यहाँका स्थानीयहरुको निकै महत्वपुर्ण भुमिका रहेको भन्दै आगामी दिनमा पनि यस्तै हातेमालै गर्दै विद्यालयलाई नमुना विद्यालय बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा सदस्य तिलकुमारी थापा, स्थानीय बुद्धिजिवी, विद्यालयका शुभचिन्तक, अभिभावकलगायतको सहभागिता रहेको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...