अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

दुर्घटनामा तीन सय कुखुरा मरे

 
वालिङ, १५ वैशाख ।
स्याङ्जाको भीरकोट नगरपालिका – १ लामाचौरस्थित सिद्धार्थ राजमार्गमा सोमबार बोलेरो जिप दुर्घटना भएको छ । दाङबाट पोखरातर्फ आउँदै गरेको ग ३ च ६४३३ नम्बरको बोलेरो जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक प्रवेश तिवारीले बताउनुभयो । बोईलर कुखुरा बोकेको उक्त जिपमा रहेका ४५० कुखुरामध्ये तीन सय मरेका छन् भने दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले निरीक्षक तिवारीले बताउनुभयो ।
यसैबीच उता हरीनाश गाउँपालिका वडा नम्बर ०६ गैराखोला राजस्वारा स्थित भित्री सडक खण्डमा जीप दुर्घटना भएको छ ।  वालिङबाट क्याक्मी जाँदै गरेको ग. १ ज. ५७०३ नम्बरको बलेरो जिप ब्याग गर्ने क्रममा ब्रेक नलागि बाटो देखि अन्दाजी ५०० मिटर तल सिस्नेखोलामा खसेको हो । दुर्घटनामा गाडी पुर्ण रुपमा क्षति भएको छ भने मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...