समाचार
अनुमति विना गुज्जरगानो निकासी नगर्न गल्याङ नगरपालिकाको अनुरोध
वालिङ, १७ वैशाख ।
स्याङ्जाको गल्याङ नगरपालिकाले अनुमति विना गुज्जर गानो र अन्य जडीवुटीजन्य निकासी नगर्ने नगराउन अनुरोध गरेको छ । एक सूचना प्रकासन गर्दै गल्याङ्ग नगरपालिका क्षेत्रभित्र अनुमति विना सामुदायीक तथा निजी वन क्षेत्र र निजी जग्गावाट अनधिकृत रुपमा गुज्जर गानो र अन्य जडीवुटीजन्य संकलन तथा निकासी भई रहेको भन्ने वुझिएकोले डिभिजन वन कार्यालय, स्याङ्गजाको अनुमति विना उक्त कार्य नगर्न नगराउनुहुन सुचित गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेद्वारा हस्ताक्षरित सूचनामार्फत नगरपालिकाको निर्देशनलाई अटेर गरी अनुचितकार्य गरेको पाईएमा कानुन वमोजिम कारवाहि हुने ब्यहोरा समेत जानकारीका गराइएको छ ।