समाचार
आगोलागी हुँदा एक घरमा पुर्ण क्षति
रेडियो आँधीखोला
वालिङ, २१ वैशाख ।
आगोलागी हुँदा एक घरमा पुर्ण क्षति भएको छ । पुतलीबजार नगरपालिका वडा नम्बर–०७ रयाले का ७४ वर्षीय खिम बहादुर खत्रीको ढुङ्गा माटोले बनेको जस्ताले छाएको २ तले कच्ची घरमा बिद्युत सर्ट भइ आगोलागी हुँदा घर पुर्ण रूपमा जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रवेश तिवारीले बताउनुभयो । खत्रिको घरमा रहेको सुनका गरगहना अन्दाजी ६ तोला, नगद सत्तरी हजा, भाडाकुडा, लत्ताकपडा गरी अन्दाजी २० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भीक अनुमान छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइ रहेको प्रनी तिवारीले बताउनुभयो ।