समाचार
वालिङ, ७ मा नेतृत्व विकास तालिम सम्पन्न
वालिङ, २५ वैशाख ।
वालिङ नगरपालिका वडा नं. ७ मा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । वडा कार्यालयले वडामा रहेको विभिन्न १० वटै टोललाई समेट्ने गरी वडाका विभिन्न स्थानहरुमा महिलाहरुका लागी नेतृत्व विकास तालिम प्रदान गरेको हो । यस अगाडिका वर्षहरुमा महिलाहरुका लागी सिपमुलक सिलाई कटाई, पुनः प्रयोग हुँने प्याड, चुरापोते बनाउने तालिमहरु प्रदान गरेको वडाले यो वर्ष टोल टोलमा पुगेर महिलाहरुलाई सचेत बनाउने कार्य सम्पन्न गरेको हो ।
वडा अध्यक्ष पाण्डुकुमार थापाले महिलाहरुको हकअधिकार संविधानमा प्रदत्त गरेको भन्दै राज्यले महिलाहरुलाई निति निर्माण गर्ने तहदेखि आर्थिक रुपमा सबल बनाउनका लागी विभिन्न कार्यक्रमहरु ल्याएको भन्दै स्थानीय तह अन्र्तगतको वडाले पनि हरेक वर्ष महिलालक्षित बजेट विनियोजन गरेर सिपमुलक तालिमहरु सञ्चालन गरेको बताउनुभयो ।
महिलाहरुलाई पारिवारिक जिम्मेवारीसंगै सामाजिक जिम्मेवारी समेत रहँदै आएको भन्दै अब महिलाहरु राजनितिक र आर्थिक रुपमा पनि सशक्त हुँने अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । तालिममा सपाउँदे, हिलेपानी र केँवरेका गरी ३ टोलका १५० जना सहभागि थिए । तालिममा रेडियो आँधीखोलाका समाचार प्रमुख कला रानाले उद्दघोषणका विषयमा, वडा सदस्य राजकुमारी गुरुङले महिलाको नेतृत्व विकास, स्वास्थ्य बिमा अभिकर्ता हुमबहादुर विकले स्वास्थ्य विमाका विषयमा सहजीकरण गर्नुभएको थियो । यही बैसाख १७ गतेबाट शुरु भएको तालिम वडाका दुईदेखि ३ वटा टोललाई समेटेर यही बैसाख १८ गते, २१, २२, २३ गते गरी बुधबार वडा कार्यालय भवनमा कार्यक्रमको समापन गरिएको हो ।
विभिन्न ६ स्थानमा गरिएको तालिममा ४०० बढी महिलाहरु सहभागि भएका थिए । वडाका विभिन्न स्थानमा गरिएको तालिममा वडाले प्रवाह गर्ने सेवा सुविधा, सिफारिसका विषय वडा सचिव सुमितकुमार आचार्यले जानकारी गराउनुभएको थियो । कार्यक्रमम वडा अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत वडा सदस्य मुना विक र संचालन सचिव आर्चायले गर्नुभएको थियो ।