अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

वालिङ नगरपालिकाद्वारा सामुदायिक नर्समार्फत घर–घरमै स्वास्थ्य सेवा

 
वालिङ, २५ वैशाख । 
वालिङ नगरपालिकाले सामुदायिकस्तरमै पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्न थालेको छ। नगर क्षेत्रका विभिन्न टाढाटाढाका बस्तीमा घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गर्न सामुदायिक नर्सहरू परिचालन गरिएका हुन्। वालिङ नगर स्वास्थ्य शाखाका प्रमुख कमल पाण्डेका अनुसार सामुदायिक नर्सहरू दैनिक रूपमा घर–आँगन, पाखा–पखेरा जहाँ नागरिक भेटिन्छन्, त्यहीँ पुगेर स्वास्थ्य परीक्षण गरिरहेका छन्। ‘यो सेवाबाट दीर्घरोगी तथा वृद्धवृद्धालाई ठूलो राहत पुगेको छ,’ प्रमुख पाण्डेले बताउनुभयो ।
नगरपालिकाले १४ वटै वडामा कम्तीमा एक–एक जना सामुदायिक नर्स नियुक्त गरी समुदायमै स्वास्थ्य सेवा पुर्याउने कार्य अगाडि बढाएको छ । यसबाट नगर क्षेत्रका दुर्गम बस्तीमा समेत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुन थालेको जनाइएको छ ।
स्वास्थ्य शाखाका अनुसार सामुदायिक नर्सहरूले नियमित रक्तचाप, मधुमेह, ज्वरो, रुघाखोकी जस्ता सामान्य स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक परामर्श पनि प्रदान गर्ने गरेका छन्। यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक स्रोत साधनको व्यवस्थापन समेत गर्दै आएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...