अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

एचआईभी एड्स सम्बन्धी लान्छना र विभेद विरुद्धको अभिमुखिकरण तालिम

 
वालिङ, २६ वैशाख । 
स्याङ्जाको पुतलीबजार नगरपालिकामा एचआईभी एड्स सम्बन्धी लान्छना र विभेद विरुद्धको अभिमुखिकरण तालिम भएको छ । तालिमको उद्घाटन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले समाजले एच आई भी संक्रमितहरुलाई सकारात्मक रुपले हेर्नुपर्ने बताउनुभयो । एच आई भी संक्रमितहरुलाई पनि अन्य रोगी सरह हेर्नुपर्नेमा नगर प्रमुख रेग्मीको जोड थियो । कार्यक्रममा नगर उपप्रमुख देवी अर्यालले कुनै पनि रोग लाग्दैमा कोहि कसैलाई पनि रोग लागेकै कारण विभेद र लाञ्छना लगाउने कार्य कानुनत वर्जित भएको बताउनुभयो । 
 
यस्तो कार्य कसैले पनि गर्न नहुनेमा उहाँको जोड थियो । कार्यक्रममा प्रदेश जनस्वास्थ्य अधिकृत कमल रानाभाटले एच आई भि एड्सको वर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख अनिशा सुवेदीले गर्नुभएको थियो । गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रादेशिक स्वास्थ्य निर्देशनालयको आयोजनामा पुतलीबजारमा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, प्रधानाध्यापक, पत्रकार लगायतकाको सहभागिता थियोे ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...