अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने

news

 
 
पोखरा, २७ वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवी भागवत कथा वाचिका तथा समाजसेवी राधिका दासी आउने भएकी छन् ।
 
ऐतिहासिक श्री गण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ मा जेठ १४ गते देखि जेठ २२ गतेसम्म प्रवचन गर्न राधिका दासी आउने कार्यक्रम तय भएको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
 
कोटिहोममा सहभागी हुन समस्त भक्तजनलाई आयोजकले आग्रह गरेको छ । नौ दिनको महायज्ञमा श्रीमद देवी भागवत कथा वाचन गर्ने राधिका दासीले बताइन । ‘पोखरामा यति भव्य र सव्य रूपमा कोटिहोम चलिरहेको छ ’ राधिका दासीले भनिन्, कोटिहोम सम्पन्न गर्न देशभरबाटै पाल्नु होला, यस्तो समय फेरी जीवनमा विरलै आउन सक्छ शतकुण्डीय गायत्री कोटिहोममा सबैलाई चल्लै निम्ता छ ।’
 
कोटिहोममा आज शनिवार बिहान ९ बजे तीनदेखि नौ वर्ष उमेर समूहका १ हजार बढी कन्या सहभागी गराएर पूजा भइरहेको संयोजकले ढकालले जानकारी दिए ।त्यसै गरी कोटिहोममा देशभरबाट ७० वर्षभन्दा माथि उमेर पुगेका ज्येष्ठ नागरिकलाई बिहान १० बजेबाट सम्मान गरिएको छ । सम्मान कार्यक्रम दिनभर चल्नेछ ।
 
आजनै चर्चित लोकगायक पशुपति शर्मा,  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको भजन तथा विशेष साड्डीतिक कार्यक्रम र आइतबार लोकदोहोरी गायिका अस्मिता डल्लाकोटिको प्रस्तुति रहने छ ।
महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिलेले कोटिहोममा भक्तजनको सहभागिताले आफ्नो सङ्कल्प पुरा भएको बताए ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...