समाचार
शिक्षकहरुको अन्तरक्रिया तथा विषयगत समिति निर्माण
वालिङ, ११ जेठ ।
भीरकोट नगरपालिकामा शिक्षकहरुको अन्र्तक्रिया तथा विषयगत समिति निर्माण कार्यक्रम सम्पन्न भएको छ । भीरकोट नगरपालिकाको आयोजना तथा सामाजिक विकास कार्यालय स्याङ्जाको व्यवस्थापनमा शनिबार नगरपालिकाको सभाहलमा गणित, अङ्ग्रेजी र विज्ञान विषयका शिक्षकहरूको अन्तक्र्रिया तथा विषयगत समिति निर्माण गरिएको हो ।
भेलाले नगर शिक्षा शाखा प्रमुख विष्णुप्रसाद कोईरालाको संयोजकत्वमा मूल कार्य समिति र भाग्योदय माविका प्रधानाध्यापक रेशम लाल खनालको संयोजकत्वमा ७ सदस्यीय विषयगत मूल समिति निर्माण गरेको छ । विषयगत समिति तर्फ अङ्ग्रेजी विषय संयोजक पुण्य प्रसाद अर्याल, विज्ञान विषय संयोजक चोलाकान्त खनाल र गणित विषय संयोजक रेशमलाल खनाल चयन हुनुभएको छ । कार्यक्रममा दहथुम माविका शिक्षक इन्दिरा केसी, शेषकान्त खनाल , रेशमलाल खनाल लगायतले आफ्ना भनाइ राख्नु भएको थियो । कार्यक्रममा शैक्षिक सत्र २०८२ का लागि विषयगत रुपमा विभिन्न कार्ययोजना समेत निर्माण गरी प्रस्तुत गरिएको थियो ।
नगर शिक्षा शाखा प्रमुख कोइरालाको संयोजकत्वमा भएको भेलामा भीरकोट भरिका गणित अङ्ग्रेजी र विज्ञान विषयका ४० जना शिक्षकहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्राविधिक सहायक विष्णु प्रसाद भट्टराईले सञ्चालन गर्नु भएकोे थियो ।