अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

व्युटिसियनहरुद्धारा क्यान्सर पिडित विपनाको उपचारमा सहयोग

 
रेडियो आँधीखोला
वालिङ, १४ जेठ । 
स्याङ्जाका व्युटिसियनहरुले क्यान्सर पिडित विपनाको उपचारका लागी आर्थिक सहयोग गरेका छन् । व्युर्टिपार्लर एशोसियसन स्याङ्जाको समन्वयमा वालिङका २६ जना व्युटिसियन, चापाकोटका १ र स्याङ्जाका २ जना गरी २९ जना व्युटिसियनहरुले आफ्नो आम्दानीको केहि रकम संकलन गरी २२ हजार १६० तथा वालिङका दुई समाजसेविहरुले ५÷५ हजार समेत गरी ३२ हजार १६० रुपैँया विपनाको बहिनी सपना तथा ठुलोबुवा अर्जुनप्रसाद रेग्मीलाई उक्त रकम हस्तान्तरण गरिएको व्युर्टिपार्लर एशोसियन स्याङ्जाका निर्वतमान अध्यक्ष पुष्पा अर्यालले बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा व्युर्टिपार्लर एशोसियन स्याङ्जाका संस्थापक दुर्गा थापा, निर्वतमान अध्यक्ष अर्याल, अध्यक्ष पमिला गुरुङ, मन्जु भण्डारी, गंगा बस्याल, सजना श्रेष्ठ, विमला थापालगायतको सहभागिता थियो । सबैको थोरै थोरै सहयोगले विपनाको उपचारमा सहयोग पुग्ने बताउँदै व्युटिसियन दिदिबहिनीहरुले एकमुष्ट रुपमा केहि सहयोग गरेको  निर्वतमान अध्यक्ष अर्यालले बताउनुभयो ।  
वालिङ ५ चिसापानीका विष्णुप्रसाद रेग्मीका छोरी १७ वर्षीय विपना रेग्मीलाई पाठेघरको क्यान्सर भएपछि हाल काठमाडौमा उपचाररत हुनुहुन्छ । अध्ययनको शिलशिलामा कोरिया जानुभएकी विपना क्यान्सर भएपछि डेढ महिनामै फर्किनुभएको थियो । उहाँको उपचारका लागी हाल सामाजिक संजाल तथा समुदायस्तरमा सहयोग सकंलन अभियान सञ्चालन गरिएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...