अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

प्रधुम्न पनेरुमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

 
रेडियो आँधीखोला
वालिङ, १६ जेठ । 
गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाले विभिन्न विद्यालयका अभिभावकहरुलाई अभिभावक शिक्षा दिने अभियान सञ्चालन गरेको छ ।  यसैअन्र्तगत विहिबार आँधीखोला गाउँपालिका र प्रधुम्न पनेरु मावि सँगको संयुक्त समन्वय र साझेदारीमा वडा नं. ५ को प्रधुम्न पनेरु माविका अभिभावकहरुलाई अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा आँधीखोला गाउँपालिका अध्यक्ष विश्ननाथ पौडेलले अभिभावकहरुलाई बालबालिकाको बहुआयमिक क्षेत्रको विकास गर्नको लागि अभिभावक शिक्षा कार्यक्रम अत्यन्तै महत्वपुर्ण र फलदायी साबित हुने बताउनुभयो । उहाँले पालिकाले आगामी आर्थिक वर्षलाई शिक्षा क्षेत्र सुधारको विशेष वर्षको रुपमा बालबालिकाको सिकाइ उपलब्धीको हासिल गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने र त्यसमा संघ र प्रदेश सरकारसँग समन्वय र साझेदारीमा अगाडी बढ्न तयार रहेको बताउनु भयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष सिता थापाले विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीको अन्तरसम्बन्धलाई थप मजबुत बनाउन यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका हुने विश्वास गर्नु भयो । 
सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बालबालिकाको उमेर अनुसारको सर्वाङ्गिण विकास र सिकाइका लागि अभिभावकको ज्ञान, सिप र सकारात्मक धारणा अभिवृद्धि गर्न कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अभिभावक शिक्षा कार्यक्रमको राष्ट्रिय प्रशिक्षक तथा गण्डकी आवसिय माविकी शिक्षिका लक्ष्मी शर्माले विद्यार्थी, अभिभावक र शिक्षक अन्तरसम्बधका साथै अभिभाकको भुमिका लगायत बहुआयमिक विषयमा सहजिकरण गर्नुभएको थियो ।
यस्तै योग, ध्यान सम्बन्धमा जीवन विज्ञानका गण्डकी प्रदेश संयोजक अमर भण्डारीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष कृष्ण प्रसाद पनेरु, विद्यालयका प्रधानाध्यापक दिप्तीनारायण पौडेल लगायतले आफ्नो धारणा  राख्नु भएको थियो । कार्यक्रम विद्यालयका व्यवस्थापन समिति अध्यक्ष ख्यामनारायण देवकोटाको अध्यक्षतामा  सम्पनन् भएको थियो भने सञ्चालन शिक्षक मेघराज सापकोटाले गर्नुभएको थियो । सामाजिक विकास कार्यालयले यस्ता कार्यक्रमले अभिभावकहरुलाई परिवारमा स्वस्थ वातावरण सिर्जना गर्न, शिक्षाको महत्व बुझाउन, सामाजिक एकता र सहिष्णुता कायम गर्न, नकरात्मक क्रियाकलाप र सोचबाट टाढा राखी जीवनलाई सरल र सहज तरिकाबाट जिउन मद्धत पुग्ने विश्वास राखेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...