समाचार
मावि स्तरीय जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता
रेडियो आँधीखोला
वालिङ, १७ जेठ ।
पुर्णामृत भवानी माध्यमिक विद्यालयमा शुक्रबार माध्यमि तहस्तरीय जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । वालिङ नगरपालिका वडा नं. १० को आयोजना, नगरपालिका शिक्षा शाखाको समन्वय तथा पुर्णामृत भवानी माविको संयोजनमा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा रामनधी धाम गुरुकुलम प्रथम, नेपाल आर्दश मावि वालिङ द्धितिय, उपल्लो पेखुमावि तृतिय र भाग्योदय मावि सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने विद्यालयले क्रमश १० हजार, ७ हजार, ४ हजार, २ हजार नगद सहित प्रमाण र अन्य शैक्षिक पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले किताबी ज्ञानसंगै विद्यार्थीहरुलाई समय समयमा यस्ता अतिरिक्त क्रियाकलापमा पनि संलग्न गराउनुपर्ने भन्दै नगरको सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न नगरपालिका प्रद्धिवत रुपमा अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुनिल खनाल, विद्यालय व्यवस्थापन समिति सदस्य यमकान्त खनाल, विद्यालय व्यवस्थापन समिति सदस्य मैयाँदेवि लम्साल, विद्यालयका प्रधानाध्यापक दिपक लम्साललगायतले विद्यालयको गतिविधिका बारेमा बोल्नुभएको थियो । कार्यक्रम विभिन्न १६ विद्यालयका टिम सहभागि भएका थिए । कार्यक्रम वडा नं. १० का जनप्रतिनिधी चुरामणी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन शिक्षक अर्जुन तिवारी र कार्यक्रमको संयोजक डिल्लीराम बगाले रहनुभएको थियो ।