अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आज कोशी र मधेश प्रदेशसहित पहाडी थोरै ठाउँमा पानी पर्ने सम्भावना

news

 

जेठ १७, आज कोशी प्रदेशका केही ठाउँ, मधेश प्रदेशलगायत देशको पहाडी भागका थोरै ठाउँहरुमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेशको एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएराति पनि कोशीका झापा, सुनसरीलगायतका जिल्लाका केही ठाउँमा ठूलो पानी परेको थियो । यसपालिको मनसुन दुई हप्ता छिटो अस्ति बिहीवार रातिदेखि कोशी प्रदेशबाट नेपाल भित्रिएको हो ।

कोशीका सबै ठाउँमा मनसुनी प्रभाव परिसकेको र अरु ठाउँमा पनि बिस्तारै सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ ।

आज पश्चिम क्षेत्र र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा अहिले पनि हल्का पानी परिरहेको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...