अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

मैदान माविमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

 
वालिङ, १८ जेठ । 
गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाले जिल्ला भित्रका विभिन्न विद्यालयका अभिभावकहरुलाई अभिभावक शिक्षा प्रदान गर्दै आईरहेको छ । यसैअन्र्तगत सामाजिक विकास कार्यालय, फेदीखोला गाउँपालिका र मैदान मावि सँगको संयुक्त आयोजना, समन्वय र साझेदारीमा वडा नं. ५ को मैदान माविका अभिभावकहरुलाई अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा  फेदीखोला गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङले अभिभावकहरुलाई बालबालिकाको बहुआयमिक क्षेत्रको विकास गर्नको लागि अभिभावक शिक्षा कार्यक्रम अत्यन्तै महत्वपुर्ण र फलदायी साबित हुने बताउनुभयो । उहाँले  विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीको अन्तरसम्बन्धलाई थप मजबुत बनाउन यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका हुने विश्वास गर्नु भयो । 
सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बालबालिकाको उमेर अनुसारको सर्वाङ्गिण विकास र सिकाइका लागि अभिभावकको ज्ञान, सिप र सकारात्मक धारणा अभिवृद्धि गर्न कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अभिभावक शिक्षा कार्यक्रमको राष्ट्रिय प्रशिक्षक तथा गण्डकी आवसिय माविकी शिक्षिका लक्ष्मी शर्माले विद्यार्थी, अभिभावक र शिक्षक अन्तरसम्बधका साथै अभिभाकको भुमिका लगायत बहुआयमिक विषयमा सहजिकरण गर्नुभएको थियो ।
यस्तै योग, ध्यान सम्बन्धमा जीवन विज्ञानका प्रशिक्षक रामचन्द्र पौडेलले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष दिल बहादूर गुरुङ, विद्यालयका प्रधानाध्यापक ख्याम प्रसाद सुवेदी  लगायतले आफ्नो धारणा  राख्नु भएको थियो । 
अभिभावक,शिक्षक र अन्य सरोकारवाला समेतको  सहभागिता रहेको कार्यक्रम मैदान मावि विव्यास अध्यक्ष चेतनदास शर्मा अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन शिक्षक सुनिल क्षेत्रीले गर्नुभएको थियो । यस्ता कार्यक्रमले अभिभावकहरुलाई परिवारमा स्वस्थ वातावरण सिर्जना गर्न, शिक्षाको महत्व बुझाउन, सामाजिक एकता र सहिष्णुता कायम गर्न, नकरात्मक क्रियाकलाप र सोचबाट टाढा राखी जीवनलाई सरल र सहज तरिकाबाट जिउन मद्धत पुग्ने कार्यालयको विश्वास छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...