अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सिरूवारीमा वृक्षारोपण गर्दै वातावरण दिवस मनाइयो

news

 
वालिङ, २३ जेठ ।
विश्व वातावरण दिवस २०८२ को अवसरमा स्याङ्जा जिल्लाको पर्यटकीय गाउँ सिरूवारीमा लालीगुँरास, पारिजात, कल्की, बिरेन्द्र फूलजस्ता विभिन्न जातका बिरुवा रोपिएको छ । डिभिजन बन कार्यालय स्याङ्जाको आयोजनामा सम्पन्न वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले वृक्षारोपणले जलवायु परिवर्तन न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले प्रकृति संरक्षणमा सामूहिक प्रयासको आवश्यकता औंल्याउँदै वातावरणको सन्तुलन कायम राख्न सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधिहरू, वन उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरू, डिभिजन बन कार्यालयका कर्मचारी, उपभोक्ता मञ्चका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता थियो। वृक्षारोपण कार्यक्रम आँधीखोला गाउँपालिका–१ पञ्चमुलस्थित हरित पार्क र सव–डिभिजन बन कार्यालय परिसरमा सम्पन्न भएको हो ।
डिभिजन बन कार्यालयका प्रमुख नवराज वरालले कार्यक्रम सन्चालन गर्दै वातावरणीय सचेतना फैलाउन वृक्षारोपण जस्तो अभियान महत्वपूर्ण हुने बताउनुभयो । सिरूवारीलाई हरित पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...