समाचार
१० हजार गाँजाका बोट फडानी
रेडियो आँधीखोला
वालिङ, २८ जेठ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले १० हजार गाँजाका बोट फडानी गरेर नष्ट गरेको छ । अवैध लागू पदार्थ नियन्त्रण, समाजमा शान्ति सुरक्षाको प्रवद्र्धन, कानूनको कार्यान्वयन साथै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरियो गाँजाको बोटहरू फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिनुभयो ।
तिवारीका अनुसार जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत अस्थायी प्रहरी चौकी पौवेगौडेबाट खटिएको प्रहरी टोलीले स्थानीय समुदायसँगको सहकार्यमा गाँजाको बोटहरू फडानी गरी नष्ट गरेको हो ।
यही जेठ २३ देखि २६ गते सम्म पुतलीबजार नगरपालिका ५ आहाले, सित्याङ, एक्लेखेत, ढाडखोला, ठूलास्वरा, लगायतका स्थानमा प्रहरीले गाँजा फडान उक्त परिणामको गाँजा नष्ट गरेको हो । सूचना अधिकारी तिवारीले गाँजा फडानी अभियानलाई आगामी दिनहरूमा समेत निरन्तरता दिने बताउनुभएको छ ।