अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नेपाल पत्रकार महासंघ गोरखा र स्याङ्जाबीच अनुभव आदानप्रदान

news

 
वालिङ, ३० जेठ । 
नेपाल पत्रकार महासंघ गोरखा र स्याङ्जा शाखाबीच असल अभ्यास तथा सिकाइ अनुभव आदानप्रदान कार्यक्रम स्याङ्जामा वुधवार सम्पन्न भएको छ । सुदूरपश्चिमको डडेल्धुरा सम्मको अध्ययन भ्रमण अन्तर्गत गोरखा शाखाको टोली स्याङ्जा आएको हो । भ्रमण टोलीमा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना, सामाजिक विकास मन्त्रालयका अधिकृत विजय उपाध्याय, नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरेन्द्र ढकाल, पूर्व केन्द्रीय सदस्य किशोरजंग थापा लगायत पत्रकारहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नगरप्रमुख रानाले गोरखा भ्रमण वर्ष २०२५ को सन्दर्भमा स्याङ्जाका पत्रकारलाई गोरखा भ्रमणको निम्तो दिनुभएको थियो । उहाँले स्थानीय तहको समुचित विकासमा पत्रकारिताको योगदान उल्लेखनीय रहेको भन्दै अध्ययन भ्रमणजस्ता कार्यक्रमले आपसी समझदारी र अनुभव साटासाटमा मद्दत पु¥याउने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ स्याङ्जाका पूर्व अध्यक्ष ओमप्रकाश शर्माले स्याङ्जाको पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे जानकारी गराएका थिए। गोरखा शाखा अध्यक्ष नरेन्द्र ढकालले गोरखाको पत्रकारिता क्षेत्र र महासंघको गतिविधिबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोइरालाको अध्यक्षतामा सम्पन्न भएको हो। सहभागिहरुले यस्तो कार्यक्रमले दुवै जिल्लाबीच आपसी सहकार्य र सञ्जाल विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...