समाचार
फेदीखोला कृषि वन उद्यम सहकारीको प्रारम्भिक साधारण सभा तथा अधिवेशन सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २ असार ।
फेदीखोला कृषि वन उद्यम सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
वन उद्यम, वन पैदावारको प्रशोधन तथा बजारीकरण, पर्यापर्यटन, परम्परागत जैविक कृषि प्रणाली लगायतका कार्यक्षेत्रमा आधारित सामुदायिक वन उपभोक्ता समूहहरू र साना किसानहरूलाई संगठित गरी सहकारीमार्फत जीवनस्तर उकास्ने उद्देश्य सहित सहकारी स्थापना गरिएको थियो ।
अधिवेशनलाई सम्बोधन गर्दै फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले वन उद्यम, वन पैदावारको प्रशोधन तथा बजारीकरण, पर्यापर्यटन, परम्परागत जैविक कृषि प्रणाली लगायतका कार्यक्रम आफ्नो प्राथमिकतामा पर्ने विषय रहेको बताउनुभो ।
गाउँपालिकाको आर्थिक समृद्धिलाई जोड्ने प्रमुख आधार वन रहेको बताउँदै उहाँले अब वनलाई उपयोग गरी घर घरलाई आम्दानीसँग जोड्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।