अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

नेपाल आदर्शलाई नेशनल एजुकेशन एक्सलेन्स अवार्ड

news

 
वालिङ, ८ असार । 
स्याङ्जाको वालिङ ८ मा रहेको नेपाल आदर्श आवासीय माध्यमिक विद्यालयले नेशनल एजुकेशन एक्सलेन्स अवार्ड २०२५ प्राप्त गरेको छ । फोकस नेपाल काठमाडौंले हिजो शनिबार जुन २१ तरिखका दिन नेशनल एजुकेशन एक्सलेन्स अवार्ड २०२५ प्रदान गरेको हो ।
माध्यमिकतहको गुणस्तर, पूर्वाधार र व्यवस्थापनमा उत्कृष्टता हाँसिल गरेको भन्दै फोकस नेपालले नेशनल एजुकेशन एक्सलेन्स अवार्ड २०२५ ले सम्मान गरेको विद्यालयका प्रधानाध्यापक होमकान्त गौतमले जानकारी गराउनुभयो ।
नेपाल सरकारका पूर्व अध्यक्ष एवम् पूर्व प्रधान न्यायाधिश खिलराज रेग्मीको समुपस्थितिमा विद्यालयका प्रधानाध्यापक गौतमलाई उक्त अवार्डको सम्मानपत्र प्रदान गरिएको हो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...