अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

खहरेमा अभिभावक शिक्षा कार्यक्रम

news

 
रेडियो आँधीखोला
वालिङ, १२ असार । 
स्याङ्जाको वालिङ १ खहरेमा रहेको रणबीर जनहित माध्यमिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम गरिएको छ ।
 
वालिङ सामुदायिक सिकाई केन्द्रको आयोजनामा रणवीर जनहित माध्यमिक विद्यालयका अभिभावकहरुलाई लक्षित गरी अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।
 
अभिभावक शिक्षा कार्यक्रमको उद्घाटन गर्नुहुँदै वालिङ वडा नं १ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता पदमराज गुरुङले विद्यालय विद्यार्थी, शिक्षक, अभिभावक तथा ब्यवस्थापन पक्षका समन्वय र सहकार्यले विद्यालय सुधारमा महत्वपूर्ण अर्थ राख्ने भएकाले सबैले मनन गरेर अगाडि बढ्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
 
उहाँले नेपाल सरकारको सेवा सुविधा लिनुहुने सम्पूर्ण कर्मचारीहरुले सामुदायिक विद्यालयमै बालबच्चा भर्ना गर्न अनुरोध गर्दै नगरभित्रका सबै विद्यालयहरुको पोशाकमा एकरुपता ल्याउने गरी पहल थालिएको उहाँले बताउनुभयो ।
 
कार्यक्रममा वालिङ नगरपालिका शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्ले, विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मी, वालिङ सामुदायिक सिकाई केन्द्रका सल्लाहकार भुपराज बगालेलगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
 
वालिङ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष चक्रबन्धु रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शिक्षक अभिभावक संघका अध्यक्ष होमबहादुर रानाले र सञ्चालन सिकाई केन्द्रका सचिव ध्रुब पंगेनीले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...