अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

गर्भवती तथा सुत्केरी महिलाकालागि निशुल्क एम्बुलेन्स

 
रेडियो आँधीखोला
वालिङ, १२ असार । 
स्याङ्जाको गल्याङ नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाकालागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने कार्यक्रम अगाडि बढाएको छ । 
 
नगरपालिकाको १७ औं नगरसभाबाट पालिकाभित्रका ११ वटै वडाका गर्भवती तथा सुत्केरी महिलालाई घरबाट स्वास्थ्य संस्थामा जान र आउनकालागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने विषयलाई नीति तथा कार्यक्रममा समेटेको छ । 
 
आगामी आर्थिक वर्ष २०८२÷०८३ कालागि नगरसभामा नगर प्रमुख गुरुप्रसाद भट्टराईले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
 
नगरसभाले पालिकाभित्र हल गोरु र बीउ रागो पाल्ने किसानहरुलाई वार्षिक रु. ५ हजार प्रोत्साहन अनुदान उपलब्ध गराउने, आर्थिक विपन्नताकाकारण स्वास्थ्य बीमा गर्न असमर्थ अति विपन्न परिवारकालागि निशुल्क स्वास्थ्य बीमा गरिदिने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...