अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

फेदीखोला सडक बालबालिका तथा बालश्रम मुक्त घोषणा

news

 
रेडियो आँधीखोला
वालिङ, २५ असार । 
स्याङ्जाको फेदीखोला गाउँपालिकालाई सडक बालबालिका तथा बालश्रम मुक्त घोषणा गरिएको छ । 
‘सडक बालबालिकाको उद्धार र व्यवस्थापन गरौं, बालश्रम अन्त्य गरौं’ भन्ने अभियानका साथ फेदीखोला गाउँपालिकालाई सडक बालबालिका तथा बालश्रम मुक्त गाउँपालिका घोषणा गरिएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ बमोजिम गाउँपालिकालाई बालश्रम मुक्त स्थानीय तह घोषणा भएको जनाइएको छ । 
सडक बालबालिका तथा बालश्रम मुक्त गाउँपालिका बनाउनका लागि अनाथ, असहाय तथा अभिभावकबिहिन बालबालिकाको सर्वेक्षण गरी तथ्यांक संकलनसहित बालअधिकारसम्बन्धी विभिन्न प्रकारका सचेतनामूलक अभियान सञ्चालन गरी सडक बालबालिका तथा बालश्रम मुक्त बनाउन सफलता मिलेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । 
‘‘पालिकाभित्र कुनै प्रकारका सडक बालबालिका तथा बालश्रमिक छैनन् जोखिममा रहेका बालबालिकाको पहिचान भइसकेको छ” अध्यक्ष सुवेदीले भन्नुभयो । 
जिल्ला समन्वय प्रमुख, उपप्रमुख, स्थानीय जनप्रतिनिधि, कर्मचारी, विद्यार्थीहरुसहित शिक्षक, अभिभावक, आमा समूह, युवा क्लब, बालसंजाल, राजनीतिकर्मी लगायत विभिन्न संघसंगठनका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर गाउँपालिकालाई सडक बालबालिका तथा बालश्रम मुक्त पालिका घोषणा गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्लाको एक मात्र सञ्चालनमा रहेको अमोर सेवा बालगृहकी सञ्चालक तथा संरक्षक कमला पराजुलीलाई सम्मान गरिएको थियो भने बालगृहका बालबालिकाले बालश्रम मुक्त चेतनामूलक नाटक तथा नृत्य प्रस्तुत गरेका थिए । आर्थिक अवस्था कमजोर रहेका विपन्न १०४ बालबालिकालाई गाउँपालिकाबाट शैक्षिक क्षेत्रमा आर्थिक सहायता समेत प्रदान गरिएको छ ।
औपचारिक कार्यक्रम पूर्व गाउँपालिकाको प्रशासकीय भवनबाट जनचेतनामूलक प्ले कार्डसहित नारा लगाउँदै फेदीखोला बजार परिक्रमा गरी साना किसान सहकारी संस्थाको सभाहलमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...