अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

लिफ्टिङ खानेपानी योजनाकालागि एक करोड ३३ लाख विद्युत महशुल अनुदान

news

 
 
वालिङ, ४ साउन । 
डिभिजन खानेपानी तथा सरसफाई कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८१÷८२ मा लिफ्टिङ खानेपानी योजनाको एक करोड ३३ लाख ६४ हजार ६५६ रुपैयाँ विद्युत महशुल अनुदान दिएको छ ।
 
प्रदेश सरकारले लिफ्टिङ खानेपानीमा लाग्ने विद्युत महसुलमा अनुदान दिने नीति ल्याएसँगै यो कार्यालयले आफ्नो मातहतका स्याङ्जा र कास्कीका १६९ योजनालाई अनुदान दिएको हो ।  
 
यस कार्यालयको मातहतमा रहेका स्याङ्जाका १३३ योजनाको ८६ लाख ७८ हजार ८४ रुपैयाँ र कास्कीका ३६ योजनाको ४६ लाख ८६ हजार ५७२ रुपैयाँ दिएको हो । लिफ्टिङ योजनाबाट कास्कीका १३ हजार ८०८ र स्याङ्जाका २१ हजार ९६४ गरी ३५ हजार ७७२ लाभान्वित भएका छन् ।  
 
कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले लिफ्टिङ खानेपानी आयोजनामा विद्युत् महशुल अनुदानसम्बन्धी मापदण्ड २०७९ का आधारमा मासिकरुपमा २५ हजार रुपैयाँसम्मको विद्युत खपत गर्ने लाभग्राहीलाई शतप्रतिशत अनुदान दिइएको हो ।
 
मासिक २५ हजारदेखि ४० हजारसम्मको महशुलमा ७५ प्रतिशत र मासिक रुपमा ४० हजारदेखि ६० हजारसम्मको विद्युत् खपतमा ५० प्रतिशत र मासिकरुपमा ६० हजारदेखि ८० हजारसम्ममा २५ प्रतिशत अनुदान प्राप्त गरेको तिमिल्सिनाले बताउनुभयो ।
 
यस्तै मासिकरुपमा ८० हजारभन्दा बढीको विद्युत खपत गर्ने योजनामा १० प्रतिशत अनुदान कार्यालयले उपलब्ध गराएको हो ।
 
तीन स्टेज वा सोभन्दा बढी स्टेजको हकमा भने ४० हजारसम्म ९० प्रतिशत, ६० हजारसम्म ६५ प्रतिशत, ८० हजारसम्म ४० प्रतिशत र ८० हजार बढीमा १५ प्रतिशत अनुदान दिइएको हो ।
 
सरसफाई कार्यालय स्याङ्जामा २४७ खानेपानी योजना रहेकोमा १० वटा पूर्णरुपले निर्माण सकिएको हो । इन्जिनियर कमल बरालले यो आर्थिक वर्षमा सकिएका योजनाबाट एक हजार ५८६ योजना निर्माण सम्पन्न भएको र आठ हजार ८९ लाभान्वित भएको जानकारी दिनुभयो  ।
 
यहाँ प्रदेश सरकार बनेसँगै १६१ योजना पूर्णरुपमा सम्पन्न भएको बताउँदै इन्जिनियर बरालले २३ हजार ४३ घरमा धारा निर्माण भएको र एक लाख १७ हजार ५१७ जिल्लाबासी लाभान्वित भएका छन् । आ.व. २०८१÷०८२ मा ९५ प्रतिशत वित्तिय प्रगति भएको र २३ करोड तीन लाख ४६ हजार रुपैयाँ खर्च भएको बरालले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...