समाचार
लुकाई राखेको बन्दुक सहित फरार व्यक्ती पक्राउ ।
वालिङ, ११ साउन ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बन्दुक लुकाएर राख्ने फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । पुतलीबजार न.पा.७ ठुलाडीहीका ६९ को हुम बहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ठुलाडिहिका ४४ वर्षीय सुरेन्द्र रेग्मीले यही साउन ६ गते बारीमा सुन्तलाको विरुवा रोप्न भनि खाल्टो खन्ने क्रममा बन्दुकको ठुलो आवाज आएको र आफैलाई बन्दुकको छर्रा लागेको भन्ने घाईते रेग्मीको भनाई अनुसार अनुसन्धान गर्दै जाँदा घटनाको तथ्य पत्ता लागेको हो ।
ठकुरी भेना भन्ने शाही उक्त घटनामा संलग्नता रहेको भन्ने घाईतेको आफन्तको जाहेरीको आधारमा स्याङ्जाबाट खटिएको विशेष टोलीले फरार शाहीलाई खोजतलास गर्ने क्रममा शुक्रबार तनहुँबाट नियन्त्रणमा लिएको हो । शाहीले लुकाई राखेको हतियार समेत ठुलाडिहीबाट वरामद गरीे ज्यान मार्ने उद्योग मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट दिन १० (दश) म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरीेले जनाएको छ । घाईते रेग्मीको हाल घाईतेको उपचार पाटन अस्पताल ललितपुरमा भईरहेको छ ।