अहिले तरंगमा

केहि छिनमा

समाचार

बाख्रापालन जीविकोपार्जनको सारथी बन्दै

 
वालिङ, ११ साउन । 
ग्रामिण क्षेत्रका किसानहरुका लागि बाख्रापालन व्यवसाय जीविकोपार्जनको सारथी बनिरहेको छ । घाँसको स्रोत र पहारिलो क्षेत्र बाख्राका लागि उपयुक्त मानिन्छ । जसको सदुपयोग गरेर बाख्रापालन गर्ने किसानहरुका लागि राम्रो आम्दानीको स्रोतसहित जीविकोपार्जनको सारथी बन्दछ भन्ने किसानहरुले देखाएका छन् । स्याङ्जाका ग्रामिण भेगमा धेरै किसानहरुले बाख्रापालनलाई आय आर्जनको मुख्य आधार बनाएका छन् ।
धेरै युवाहरु अवसरको खोजीमा विदेश गैरहेका बेला स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्वर ४, घुर्लेचौरका केशर खाँणले बाख्रापालनलाई आम्दानीको आधार बनाएर गाउँमै रमाउनुभएको छ । खाँणले विगत १० वर्षदेखि बाख्रापालन गर्दै आएउनुभएको हो ।
स्थानीय खरी जातबाट सुरु गर्नुभएका खाँणसँग अहिले ९० प्रतिशतका बोयर बाख्रा छन् । ३५ वटा माउसहित पाठापाठी गरेर खाँणको फर्ममा ७० बाख्रा छन् । माउसँगै खाँणसँग प्रायजसो ७० देखि ८० को हाराहारीमा बाख्रा हुने गर्दछन् । आधुनिक एवम् सुविधायुक्त खोरको व्यवस्थापनमा पालिएका खाँणका बाख्रा सफा, हृष्टपुष्ट र रहरलाग्दा छन् । 
योसँगै बाख्रापालनबाट वार्षिक १० लाखसम्म आम्दानी हुने खाँण बताउनुहुन्छ । घर परिवार र गाउँ समाजमा रहेर व्यवसायिक कृषि कर्म गर्दा छुट्टै आनन्दको अनुभूति भएको खाँण बताउनुहुन्छ । “बजारीकरणका लागि कुनै समस्या छैन्, उत्पादन हुनुपर्छ बिक्रि भैहाल्छ ।” खांणले भन्नुभयो । खांणले  पाठापाठी विशेषगरी बीउका लागि प्रतिकिलो १ हजार २ सयमा बिक्रि हुने गर्दै आउनुभएको छ । यहाँ उत्पादन भएका पाठापाठी स्याङ्जासँगै कास्की, पर्वत, पाल्पालगायतका जिल्लासम्म पुगेका छन् । 
“मानिसलाई जस्तै बाख्रालाई पनि स्वास्थ्यमा ध्यान दिन आवश्यक हुन्छ, परम्परागतरुपमा गरेर हुँदैन । रेखदेख पु¥याएर स्वस्थ खाँसपानी र विमार लागेको खण्डमा समयमा उपचार गर्नुपर्छ ।” खांणले भन्नुभयो । स्थानीय सरकार एवम् सम्बन्धित निकायबाट अनुदान प्राप्त हुनु राम्रो कुरा हो, तर हामीले सरकारबाट के पायौं भन्दा पनि के दियौं भनेर पहिला सोंच्नुपर्ने खाँणको धारणा छ ।
यसकासाथै विगत ३ वर्षदेखि खाँणले केही घार मौरी पनि थप्नुभएको छ । घुर्लेचौर क्षेत्रमा प्रयाप्त वन जङ्गल भएकाले मौरीका लागि आहाराको समस्या छैन । अहिले खाँणसँग मौरीका १० घार छन् । यसबाट पनि खांणले आफन्तलाई चखाएर वार्षिक ४० किलोसम्म बिक्रि गर्नुहुन्छ । यसरी हावापानी अनुसार आफ्नै ठाउँमा पशुपालनलगायत कृषि कर्म गर्ने हो भने आम्दानीसहित खुसीले बाँच्न सकिने खाँणबाट सिक्न सकिन्छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...