अहिले तरंगमा

केहि छिनमा

समाचार

स्याङ्जामा आठ जना कुष्ठरोगका नयाँ बिरामी

 
वालिङ, २० साउन । 
सरकारले कुष्ठरोग निवारण घोषणा १५ वर्ष पुगेको छ भने सन् २०३० सम्म कुष्ठ रोगलाई शून्यमा पु¥याउने लक्ष्य लिएको छ । स्याङ्जामा भने आर्थिक वर्ष २०८१÷०८२ मा आठ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् ।  यहाँको पुतलीबजारमा र चापाकोटमा दुई÷दुई जना बिरामी फेला पर्दा वालिङमा तीन जना कुष्ठरोगका बिरामी फेला परेका हुन् ।
विसं. २०८०÷०८१ पनि पुतलीबजार, चापाकोट र वालिङ नै दुई÷दुई जना गरेर छ जना कुष्ठरोगका बिरामी भेटिएका थिए । स्याङ्जामा अहिले नौ जनाले कुष्ठरोगको औषधी सेवन गरेको बताउदै प्रदेश जन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रशासक केशव चापागाईले अन्य रोग जस्तो नचिने भएकाले अन्य रोगी पनि समाजमा लुकेको हुन सक्ने अनुमान गर्नुभयो ।  
यहाँका ११ पालिकामा आठ वटामा भने कुष्ठरोगको बिरामी नभेटिएको चापागाईको भनाइ थियो । यो रोग छालामा छुदा थाहा नपाउने, आँखी भौ सुनिने, कानको लोती बाक्लो हुने, स्नायु सुनिने र झमझमाउने  लक्षण भएको चापागाईले बताउनुभयो । रोग प्रकृति अनुसार छ महिना देखी एक बर्ष सम्म लगातार औषधी सेवन पूर्णरुपमा निको हुने र औषधी स्वास्थ्य संस्थामा निःशुल्क पाइने गर्दछ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...