अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

गाईजात्रा पर्व स्याङ्जामा मनाईयो

news

 
रेडियो आँधीखोला
वालिङ, २६ साउन ।
हरेक वर्ष भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाईने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ स्याङ्जाका विभिन्न स्थानहरुमा प्रर्दशन गरिएको छ । स्याङ्जाको पुतलीबजार, हरिनास, भीरकोट, वालिङ, गल्याङलगायतका विभिन स्थानहरुमा गाईजात्रा प्रर्दशन गरिएको हो । 
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गरिन्छ । स्याङ्जाको वालिङ नेवा समाजले गाई जात्रा नगर परिक्रमा गराएको छ भने छाङछाङदी नेवा समाजले समेत गाई जात्रा प्रर्दशन गरेको समाजका अध्यक्ष पिताम्बर श्रेष्ठले बताउनुभयो । हरेक वर्ष समाजले विभिन्न कार्यक्रम गरि गाईजात्रा मनाउँदै आएको छ । 
त्यस्तै कृष्ण अष्टमीको भोलीपल्ट भदौ १ गते कृष्णजात्रा प्रर्दशनी गरिने भएकाले अवलोकनका लागी भक्तजनहरुलाई आग्रह गर्नुभयो । एतिहासिक कृष्ण जात्रामा भगवान कृष्णका लिलाहरु समेत प्रर्दशन गरिने भएकाले कृष्णजात्रा लोकप्रिय रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । त्यस्तै यता वालिङ, ९ भुम्रेमा “भुम्रे जात्रा महोत्सव” जारी रहेको छ । शनिबारदेखि शुरु भएको जात्रा महोत्सवमा शनिबार लाखेनाच र हिजो आईतबार गाईजात्रा प्रर्दशन गरिएको छ आज रोपाई जात्रा तथा भोली बाघ जात्रा मनाइनेछ । जात्रा महोत्सवमा नेवारी खानाको स्टल समेत राखिएको छ । जात्रा हेर्न आउने दर्शकहरुहरुले नेवारी खाना निकै रुचाएको आयोजक होराईजन क्लबका अध्यक्ष शंकर श्रेष्ठले बताउनुभयो । 
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले यस्तो शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘आ–आफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी निर्देशन दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउन आदेशअनुसार हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने मान्यता छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...