अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

गब्देमा नगरस्तरीय तिज गित प्रतियोगिता सम्पन्न, वालिङ स्कोलर्स प्रथम

 
वालिङ, ३१ साउन । 
बालशिक्षा निकेतन आधारभूत विद्यालय वालिङ ११ गब्देमा नगरस्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उद्दघाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारीले तीज पर्वले महिला दिदिबहिनीहरुलाई थप शसक्त रुपमा अगाडि बढ्न प्रेरित गर्ने बताउँदै नेपालीहरुको मौलिक पर्वहरुको संस्कृति संरक्षण हुने गरी मनाउनुपर्ने बताउनुभयो । हाम्रा पर्वहरुले नपालीहरुबीचको सम्बन्ध थप प्रगाढ बनाउने र यस्ता पर्व मनाउँदा तडकभडक रहित मनाउनुपर्नेमा उहाँको जोड छ । 
कार्यक्रममा नेकपा एमाले वालिङ नगर अध्यक्ष शोभाकान्त पौडेल, वडा नं. ११ का वडा अध्यक्ष डण्डपानी पंगेनी, वालिङ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एवं अक्षयकोष दाता कर्णबहादुर श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पंगेनीलगायतले आफ्ना भनाई राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विमल अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शिक्षिका देवि रानाले स्वागत र संचालन शिक्षक शिव न्यौपानेले गर्नुभएको थियो । 
प्रतियोगितामा नगरका ५ विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम वालिङ स्र्कोलर्स, द्धितिय आयोजक बालशिक्षा निकेतन, तृतिय हिमसिखर आवि र सान्त्वना टापु भञ्याङ मावि र अर्मादि आवसिय मावि भएका छन् । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुनेले क्रमश ४ हजार, ३ हजार, २ हजार र १५ सय  नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जाका पूर्व अध्यक्ष अर्जुन गैह्रे, वालिङ बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख विष्णु सुवेदीगैह्रे, नेपाल आदर्श माविका शिक्षक शिवलाल गौतमले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...