समाचार
बिना बिलको सामान बरामद
रेडियो आँधीखोला,
वालिङ ३१ साउन ।
प्रहरीले बिल नभएको १ लाख ६० हजारको अवैध सामानहरु बरामद गरेको छ । गल्याङ नगरपालिका वडा नम्बर –०१ राम्दि स्थित सिद्धार्थ राजमार्गमा अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरा तर्फ आउँदै गरेको बा. २ ख. २९४२ नम्बरको हाइसमा बिल नभएको १ लाख ६० हजार ७ सय ७९ रुपैँयाको अवैध सामानहरू बरामद गरेको हो ।
प्रहरीले ठुलो हेण्डल( ढोकामा राख्ने) –१३ पिस, छिस्किनि–१६ पिस, मिडियम हेण्डल–७ पिस, चुकुल–४ पिस, डोर स्टेपर–१० पिस, सानो हेण्डल –४ पिस, ठुलो धारा–६ पिस, सानो धारा–९ पिस, ट्वाइलेट स्प्रे–२ पिस, वेसन फिल्टर–५ पिस, कुर्था सुरुवाल–२१ पिस ,डोर मेसिन–६ पिस बरामद गरेको हो । चाडपर्व नजिकिएसंगै प्रहरीले सिमाना तथा राजमार्गहरुमा चेकजाँचलाई कडाई गरेको छ ।