अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

संस्कृत गुरुकुलममा जन्मदिन विशेष कार्यक्रम

news

 
वालिङ, २ भदौ । 
पहिलो पाइला नेपाल पुतलीबजार स्याङ्जाको आयोजनामा पुतलीबजार नगरपालिका १४ स्थित पाणिनी सस्कृत गुरुकुलममा जन्मदिन विशेष कार्यक्रम संगै तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । सस्थाका अध्यक्ष पवन मरासिनी र सह सचिव स्वीकृति पोखरेलको जन्मदिनको अवसरमा साउन ३१ मा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै पहिलो पाइला नेपाल पुतलीबजार स्याङ्जा शाखाका सल्लाहकार एवम् मुक्तिनाथ विकास बैंकका संचालक समिती सदस्य भरत प्रसाद लम्सालले पहिलो पाइला नेपाल स्याङ्जाले युवा र विद्यार्थीहरुलाई साथमा लिएर समाजप्रतिको आफ्नो उत्तरदायित्वमा सकारात्मक पाइला चालिरहेको बताउनुभयो । 
उहाले सामाजिक भावनाको विकास र सचेतना अभिवृद्धिका लागि पहिलो पाइलाको भुमिकाको प्रशंसा समेत गर्नुभयो । उहाँले आफू पनि थुप्रै सस्थाहरुमा रहेर सामाजिक सेवामा समर्पित रहिरहेको प्रसङ्ग कोट्याउदै पहिलो पाइला स्याङ्जालाई समाजका हरेक वर्गलाई महसुस हुने गरि आफ्ना पाइलाहरु अघि बढाउन समेत सुझाव दिनुभयो । कार्यक्रममा सो गुरुकुलमका अध्यक्ष चुडामणी शर्मा, पहिलो पाइला नेपाल पुतलीबजारका सल्लाहकार चन्द्रमणी पौडेल, केन्द्रीय कार्यसमिति सदस्य दोय स्मृती काफ्ले र सन्ध्या लामिछाने लगायतले आआफ्नो धारणा राखेका थिए । 
यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने सस्थाका अध्यक्ष पवन मरासिनीको विश्वास छ । अध्यक्ष मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष विशाल ढुंगानाले स्वागत एवम् सचिव देवदत्त सुवेदी गोपिले कार्यक्रमको संचालन गर्नुभएको थियो । कार्यक्रममा सो विद्यालयमा अध्ययनरत १४ जना बटुक विद्यार्थीहरुलाई खाना खुवाइएको थियो । पहिलो पाइला स्याङ्जाले नियमित कार्यक्रम अन्तर्गत यस किसिमका कार्यक्रम गर्दै आइरहेको छ भने समुदायमा केन्द्रीत कार्यक्रमहरु लिएर समाजका हरेक तहसम्म पुग्ने प्रयत्न गरिरहेको सचिव सुवेदीले जानकारी दिनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...