समाचार
शनिबार पनि वालिङ बजार खुल्ला हुने
वालिङ, ५ भाद्र ।
नेपालीहरुको महान पर्व तीज, दशैँ, तिहार र छठ पर्व नजिकिएसंगै वालिङ बजार शनिबार पनि खुल्ला हुने भएको छ । नजिकिँदै गरेको पर्वहरुलाई मध्यनजर गर्दै वालिङ उद्योग वाणिज्य संघले यही भदौ ७ गतेदेखि कार्तिक १५ गतेसम्म शनिबार पनि पसल खुल्ला गरी उपभोक्ताहरुलाई सेवा प्रदान गर्न व्यवसायीहरुलाई आग्रह गरेको हो ।
यसअघि हरेक हप्ताको शनिबार यहाँका पसल तथा बजारहरु बन्द रहँदै आएका थिए । चाडपर्व नजिकिएसंगै उपभोक्तामैत्रि व्यापार गर्न संघले व्यवसायीहरुलाई अनुरोध गरेको छ । म्याद नाघेका अखाद्य वस्तुहरु विक्रि वितरण नगर्न साथै उपभोक्ताहरु पनि सचेत भई सामानहरु किनमेल गर्न संघले आग्रह गरेको छ ।