अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

कुटपिटमा संलग्न आठ जना पक्राउ

 
रेडियो आँधीखोला
वलिङ, ११ भाद्र । 
स्याङ्जाको वालिङ नगरपालिका ५ जर्कोटमा ज्यानै जाने गरी कुटपिटमा संलग्न भएको आरोपमा आठ जना पक्राउ परेका छन् ।
कुटपिटमा संलग्न भएको आरोपमा पक्राउ पर्नेहरु हरिनास गाउँपालिकाका वडा नं ५ का ६ जना र चापाकोट नगरपालिका वडा नं ५ का २ जना रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।
सूचना अधिकारी चौधरीका अनुसार पक्राउ पर्नेहरुमा हरिनास गाउँपालिका ५ बस्ने २२ वर्षीय सिजन थापा, २० वर्षीय विवेक मानन्धर, २३ वर्षीय गोरे भन्ने गुरुप्रसाद लम्साल, १७ वर्षीय आर्यन क्षेत्री, २३ वर्षीय विश्वास वाग्ले, २२ वर्षीय निशान थापा, चापाकोट नगरपालिका ५ काम्ति बस्ने २४ वर्षीय अनिल शाही र १८ वर्षीय बादल विक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङ र मातहतबाट खटिएको विशेष अप्रेसन टोलीले जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो  ।
मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा शनिबार राति विवाद हुँदा वालिङ नगरपालिका ५ जर्कोट बस्ने ३२ वर्षीय ढालबहादुर थापा कुटपिटबाट घाइते हुनु भएको थियो ।
घाइते थापालाई उपचारको लागि तत्काल गह«ौं प्राथमिक अस्पताल वालिङमा उपचार पश्चात थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएकोमा डाक्टरले चेकजाँच गर्दा राति मृत घोषणा गरेको थियो ।
प्रहरीले कर्तव्य ज्यान मुद्दामा सम्मानित स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...