अहिले तरंगमा

केहि छिनमा

समाचार

स्याङ्जामा गत वर्ष ५०६ मेट्रिक टन बीउ विजन वितरण

news

 
रेडियो आँधीखोला
वालिङ, १६ भाद्र । 
स्याङ्जामा गत वर्ष २०८१÷०८२ मा ५०६ मेट्रिक टन अन्न, तरकारी  र घाँसका बीउ विजन वितरण गरिएको छ । यहाँका ११ स्थानीय तह, कृषि ज्ञान केन्द्र, कृषि विकास स्रोत केन्द्र मार्फत गरी यहाँका किसानहरुलाई ५ लाख ६ हनार ७४० किलो बीउ विजन वितरण गरिएको हो । ति बिउहरु धन, मकै, गहुँ, कोदो, फापर, आलु, जैघाँस, तरकारी, प्याज, च्याउ, तेलहनका हुन् । 
११ पालिकाले गतवर्ष ४० हजार ९१६ किलो धान, २५ हजार ४०० किलो मकै, ११ हजार ९१७ किलो गहुँ, १७० किलो फापर, ४९ हजार ६०० किलो आलु, २ हजार किलो जैघाँस, ३१३ किलो तरकारीका बिउ, ३० किलो प्याजको बीउ, ३२६ किलो च्याउको बिउ, २१८ किलो तेलहन गरी १ लाख ३० हजार ८९० किलोे बिउ वितरण गरिएको हो । यी बीउहरु उन्नत र हाईब्रिड हुन् । त्यस्तै कृषि ज्ञान केन्द्रले ३ लाख ६८ हजार २९० किलो बिउ वितरण गरेको छ । 
जसमा उन्नत र मुल बीउ रहेका छन् । केन्द्रले धानको बिउ २० हजार किलो, मकैको बिउ ३१ ह्जार ७७० किलो, गहुँ ५ हजार ४०० किलो, कादोको बिउ ५०० किलो, फापरको बिउ ५० किलो, आलुको बीउ ३ लाख १० हजार ७० किलो र तरकारी ५०० किलो बीउ वितरण गरेको छ । त्यस्तै कृषि विकास स्रोत केन्द्रले ७० किलो धानको मुल बीउ, ३ हजार ३५० किलो मकैको मुल बीउ, ३ हजार ५०० गहुँको मुल बीउ, कोदोको मुल बीउ ४० किलो वितरण गरेको छ । 
त्यस्तै उन्नत बिउ ६०० किलो वितरण गरिएको छ । यसरी स्थानीय तह, ज्ञान केन्द्र र कृषि विकास स्रोत केन्द्र मार्फत किसानले ६१ ह्जार ५८६ किलो धान, ६० हजार ५२० किलो मकै, २० हजार ८१७ किलो गहुँ, ५४० किलो कोदोको बीउ, २२० किलो फापरको बिउ, ३ लाख ५९ हजार ६७० किलो आलुको बीउ, २ हजार जै घाँसको बीउ, ८१३ किलो तरकारीको बीउ, प्याजको बिउ ३० किलो,३२६ किलो च्याउको बीउ, २१८ तेलहनको बिउ वितरण गरिएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...